तपाईं जाडो याममा कत्तिको नुहाउनुहुन्छ ?
अरूचाहि डेढ वा दुई महिनामा नुहाउँछन रे, मचाहिँ एक महिना पुग्न पाको हुन्न, जीउ चिलाएर हैरान हुन्छ, खपिनसक्नु भएपछि पानी तताएर एकसरो जीउसम्म भिजाउने गरेको छु।
भूमिराज राई, गायक
अहिले त म विदेशमा छु, त्यसकारण डेली नुहाउँछु, नेपालमा त गाह्रै हुन्थ्यो होला नुहाइरहन, तर पनि मलाई दिनहुँ ननुहाउँदा अनइजी फिल हुने भएकाले कमसेकम एक दिन बिराएर नुहाउँथें।
सोभिता सिम्खडा, नायिका
म त हरेक दिन नुहाउँछु, नुहाएन भने कस्तो-कस्तो भैरहन्छ, त्यसकारण पनि नुहाउनैपर्छ,। अहिले थाइल्यान्डमा छु, झन् धेरै नुहाउन मन लाग्छ। नेपालमा पनि म जत्तिको नुहाउने सायदै होलान्।
कविता श्रेष्ठ, चलचित्र निर्मात्री
म मीन राशिको, त्यसकारण माछाजस्तै पानी असाध्यै मन पराउने, त्यसैले जाडोले मलाई केही फरक पर्दैन, म त जाडोमा पनि दिनको दुई पटक नुहाउँछु....यो चाहिँ भन्ने कुरा भयो, हेर्नुस् जति जाडो भए पनि दुई दिनमा एक पटकसम्म नुहाउनैपर्छ, ननुहाए टेलिभिजन मा समाचार भन्ने कस्ती फोहरी भन्लान् भन्ने डर, त्यही भएर दुई दिनमा एक पटक...
पुनम पौडेल, समाचारवाचिका, कान्तिपुर टेलिभिजन
जाडोमा मुटु काँप्छ, रेस दौडिने हट वाटरले फ्रेस हुने अनि जाडोको ड्रेस लाउने अनि तीतो सत्यको ५ सय भाग पुग्न आट्यो प्रेस जाने हाहा रेस, फ्रेस, ड्रेस, प्रेस अनि हुन्छ नुहाउँदाको छुट्टै मज्जा....अब अर्को, म धेरै नुहाउँछु किनभने जाडोमा तातो पानीले नुहाउँदा मेरो शरीरको बोसो पग्लिएर स्लिम हुन्छु नि !
दीपाश्री निरौला, हास्यकलाकार
साँच्चै भन्नुपर्दा म चिसो पानीमा नुहाउन सक्दिनँ, गर्मी याममा पनि पानी तताएर नुहाउने बानी छ, जाडो याममा त झन भन्नै पर्दैन, पूरै हप्तामा एकचोटि नुहाइन्छ।
सुमन श्रेष्ठ, गायक/मोडल

.jpg)
0 comments: