जम्का भेट इन्दिरा जोशी (गायिका)

हेर्दा नायिकाजस्ती भए पनि उनी गायिका हुन् र गायिकाको परिचयमै सन्तुष्ट छिन्। उनी स्टेजमा देखिँदा स्टेज मात्र होइन,  दर्शकहरूको मुटुको धड्कन पनि उत्तिकै हल्लिन्छ। स्टेज जमाउने यी गायिका हुन्- इन्दिरा जोशी। इन्दिरा उमेरले आफूलाई  कलिलै मान्छिन्। इन्दिराका अनुसार उनले गर्नुपर्ने यात्रा निकै लामो छ। उनमा आफूलाई भर्सटाइल सिंगरका रूपमा चिनाउने  महत्वाकांक्षा छ। पप, फिचरिङ तथा रिमिक्समा त उनी जमेकी छन् नै, अब सुगम र लोक गायनमा पनि आफूलाई उत्तिकै  सक्षम देखाउने चाहना राख्छिन्। नेपाली संगीतको रियालिटी शो नेपाली ताराको पहिलो संस्करणमा सर्वोत्कृष्ट महिला गायिका  भएकी इन्दिरा पछिल्ला दिनमा देशविदेशमा आफ्नो सांगीतिक प्रस्तुति दिन व्यस्त छिन्। इन्दिरा स्टेजमा गाउँदै आफू त  नाच्छिन् नै, अरूलाई पनि उत्तिकै नचाउँछिन्। इन्दिरासँग विदुर खतिवडाको जम्काभेटः

खुबै व्यस्त हुनुहुन्छ नि होइन ?

श्रोता-दर्शकको मायाका कारण व्यस्त नै छु। भर्खरै मात्र युरोपका स्वीट्जरल्यान्ड, फ्रान्स, बेल्जियम, जर्मनी आदिमा राजेश दाई  (राजेश पायल राई) का साथमा कार्यक्रममा सहभागी भएर फर्किए। त्यसअघि कतार, कोरिया तथा अस्ट्रेलिया गएकी थिए।  युरोपमै छँदा अन्य दुई राष्ट्रका कार्यक्रमका लागि बुक भएकि छु। यसबाहेक स्वदेशका थुप्रै महोत्सवमा पनि जाँदैछु। 

युरोप भ्रमण पहिलो हो ?

हो, पहिलो भ्रमण भएकाले पनि युरोप यात्रा रमाइलै भयो। दुनियाँको सातौं आश्चर्यमा पर्ने आइफल टावर चढें, सबैभन्दा धेरै  पर्यटक पुग्ने भेनिस गए। आँखैअगाडि स्नोफल देख्दा उत्तिकै रमाए। हिँड्दा-हिँड्दै हिउँ परिरहेको दृश्य साँच्चै लोभलाग्दो थियो।  जाडो भए पनि युरोपको त्यो सौन्दर्य गजबको थियो। स्वीट्जरल्यान्ड उत्तिकै मनमोहक, जहाँ गयो त्यहीँ रमाइलो। अब फेरि  युरोप जाने योजनामा छु। त्यहाँ गएर क्राउडमा गीत गाउने चाहना छ। 

युरोप टुर कस्तो रह्यो त ?

सबैले भन्ने उत्तरलाई पछ्याउने हो भने हाम्रो सोहरू एकदमै सफल भए, आर्थिक रूपमा पनि राम्रै भयो तर सत्य कुरा, त्यहाँको प्रोगाममा जाँदा म छक्क परें। हजारौं दर्शक स्रोताको भीडमा गाउने बानी थियो, त्यहाँ त केही सय दर्शक स्रोता आउँदै  सो हाउसफूल भएको भनियो, त्यहाँ दर्शक आउने रेसियो त्यही नै रहेछ, क्राउडमा मात्र पर्फम गर्दै गाउने बानी, कम  मानिसमा खुलेर गाउन असहज लाग्यो। समग्रमा युरोप टुर रमाइलो भयो। 

विदेशको कार्यक्रम कि स्वदेशको ?

सुरुमा त स्वदेशमै चल्नुपर्छ। मेरो अनुभवमा कार्यक्रम पनि स्वदेशमा धेरै पाइयो भने मात्र विदेशमा पनि पाइने हो। खै किन  हो मलाई त स्वदेशकै कार्यक्रममा मज्जा लाग्छ। पहिलो कुरा यहाँ मास क्राउडमा पर्फर्म गर्न मज्जा हुन्छ। अझ महोत्सवको  समयमा हेर्ने हो भनें नेपाल नै ठीक। प्रबासमा बसेका नेपाली दाजुभाइहरूसँग भेट्न पाइने आधारमा विदेशमा पनि रमाइलै  हुन्छ। विदेशमा पैसा धेरै हुन्छ, नयाँ ठाउँ घुम्न पाइन्छ तर लामो उडानले चाहिँ वाक्क नै बनाइसकेको छ।

तपाईं जाडो याममा कत्तिको नुहाउनुहुन्छ ?

अरूचाहि डेढ वा दुई महिनामा नुहाउँछन रे, मचाहिँ एक महिना पुग्न पाको हुन्न, जीउ चिलाएर हैरान हुन्छ, खपिनसक्नु  भएपछि पानी तताएर एकसरो जीउसम्म भिजाउने गरेको छु। 

भूमिराज राई, गायक

अहिले त म विदेशमा छु, त्यसकारण डेली नुहाउँछु, नेपालमा त गाह्रै हुन्थ्यो होला नुहाइरहन, तर पनि मलाई दिनहुँ ननुहाउँदा  अनइजी फिल हुने भएकाले कमसेकम एक दिन बिराएर नुहाउँथें। 

सोभिता सिम्खडा, नायिका

म त हरेक दिन नुहाउँछु, नुहाएन भने कस्तो-कस्तो भैरहन्छ, त्यसकारण पनि नुहाउनैपर्छ,। अहिले थाइल्यान्डमा छु, झन् धेरै  नुहाउन मन लाग्छ। नेपालमा पनि म जत्तिको नुहाउने सायदै होलान्।

कविता श्रेष्ठ, चलचित्र निर्मात्री

म मीन राशिको, त्यसकारण माछाजस्तै पानी असाध्यै मन पराउने, त्यसैले जाडोले मलाई केही फरक पर्दैन, म त जाडोमा  पनि दिनको दुई पटक नुहाउँछु....यो चाहिँ भन्ने कुरा भयो, हेर्नुस् जति जाडो भए पनि दुई दिनमा एक पटकसम्म नुहाउनैपर्छ,  ननुहाए टेलिभिजन मा समाचार भन्ने कस्ती फोहरी भन्लान् भन्ने डर, त्यही भएर दुई दिनमा एक पटक...

पुनम पौडेल, समाचारवाचिका, कान्तिपुर टेलिभिजन

जाडोमा मुटु काँप्छ, रेस दौडिने हट वाटरले फ्रेस हुने अनि जाडोको ड्रेस लाउने अनि तीतो सत्यको ५ सय भाग पुग्न आट्यो  प्रेस जाने हाहा रेस, फ्रेस, ड्रेस, प्रेस अनि हुन्छ नुहाउँदाको छुट्टै मज्जा....अब अर्को, म धेरै नुहाउँछु किनभने जाडोमा तातो  पानीले नुहाउँदा मेरो शरीरको बोसो पग्लिएर स्लिम हुन्छु नि ! 

दीपाश्री निरौला, हास्यकलाकार

साँच्चै भन्नुपर्दा म चिसो पानीमा नुहाउन सक्दिनँ, गर्मी याममा पनि पानी तताएर नुहाउने बानी छ, जाडो याममा त झन  भन्नै पर्दैन, पूरै हप्तामा एकचोटि नुहाइन्छ।

सुमन श्रेष्ठ, गायक/मोडल

महिला सिलवाल (नायिका)

नयाँ नायिकाहरूमध्ये तपाईंलाई सेक्सी भनिन्छ नि ? 

मैले चलचित्रमा दिएका दृश्यहरू हेरेर त्यस्तो धारणा बनाइएको होला। वास्तविक जीवनमा म तपाईंले भनेजस्ती सेक्सी छैन। 

तर राति-राति ल्यापटपमा नीला चलचित्र हेर्छु भन्दै अन्तर्वार्ता दिइरहनुभएको छ नि ? 

एउटी वयष्क युवतीले राति आफ्नै ल्यापटपमा नीला चलचित्र हेर्नुलाई नौलो मान्नु हुँदैन। पत्रकारले नीला चलचित्र हेर्नुभएको  छ भन्ने प्रश्न सोध्दा छैन भनेर किन ढाँट्नु ? 

तपाईंको विचारमा यौन के हो ? 

प्राकृतिक देन हो। म अविवाहित भएकाले यौनका बारेमा योभन्दा बढी अनुभव र जानकारी छैन। 

विवाहअघिको शारीरिक सम्बन्धलाई कसरी हेर्नुहुन्छ ? 

अहिलेको आधुनिक युगमा शारीरिक सम्बन्धका लागि विवाह नै कुर्नुपर्छ जस्तो लाग्दैन। 

चलचित्रमा बलात्कार भएका दृश्य दिइरहनुभएको छ। त्यस्ता दृश्यले दर्शकलाई कस्तो सन्देश दिन्छ ? 

चलचित्र 'कारबाही' मा म बलात्कृत भएकी होइन, त्यस्तो प्रयास गरिएकी युवतीको भूमिकामा छु। बलात्कारको प्रयास गर्ने  युवकलाई जुन कारबाही भएको छ, त्यो देखेर समाजमा त्यस्ता घटना कम हुन् भन्ने हाम्रो प्रयास हो।

बिबाह गर्दै छिन रोजिना

नेपाली चलचित्र क्षेत्रमा एक दशक बिताएकी नायिका रेजिना उप्रेती लन्डन बस्ने एक नेपाली युवकसँग विवाह गर्ने तयारीमा  छिन्। सुरज नाम गरेका ती युवकसँग विवाह गरेपछि रेजिना उतै बस्ने बताइन्छ। रेजिनाको विवाहसँगै नेपाली चलचित्र उद्यो गले एउटी अर्की नायिका गुमाउनेछ। नेपालमा थुप्रै चलचित्रमा अभिनय गरिसकेकी नायिका उप्रेती बेला-बेलामा अनेक  स्क्यान्डलका कारण पनि चर्चामा आइरहन्थिन्।

सन्नीलाई खोज्ने सबैभन्दा बढी


वर्ष २०१२ मा सन्नी लियोन गुगलमार्फत भारतभित्र सबैभन्दा बढी खोजी गरिएकी बलिउड सेलिब्रेटी बनेकी छिन्। जिस्म टु  बाट बलिउडमा डेब्यु गरेकी सन्नी चलचित्रका कारण मात्र नभएर कन्डमको विज्ञापन तथा फोटोसुटजस्ता कारणले वर्षैभरि  चर्चामा रहिन्। भारतीयहरूद्वारा गुगलमा खोजी गरिएका बलिउड सेलिब्रेटीको दोस्रो नम्बरमा बलिउडका पहिलो सुपरस्टार  स्वर्गीय राजेश खन्ना छन्। पटकपटक अश्लील हर्कत गरेर चर्चामा आएकी पूनम पाण्डे तेस्रो स्थानमा पर्न सफल भएकी छिन्  भने चलचित्र निर्देशक महेश भट्टकी छोरी आलिया भट्टले आश्चर्यजनक रूपमा चौथो स्थान कब्जा गरेकी छिन्। विवादित  धर्मगुरु निर्मल बाबा पाँचौं स्थानमा छन्।

Copyright © 2013 INTERTENMEN NEWS BLOGS and Blogger Templates - Anime OST.